[ ]
Latest News Updates

ADVERTISE WITH US

त्रिशुलीमा वेपत्ता घिमिरेकाे शव दुर्इ सातापछि भेटियाे
Saturday, October 8, 2016 Posted by Chitra Khabar

चितवनकाे मुग्लिन नजिकै घाेप्टेभिरमा गाडी दुर्घटनामा परी वेपत्ता भएका पूर्वगृहमन्त्री तथा सरकारका मुख्यसचिव माधवप्रसाद घिमिरेका एक भार्इकाे शव अाज भेटिएकाे छ । 
पूर्व गृहमन्त्री घिमिरे अाफ्ना दुर्इ भाइसहित दुई साता अघि चितवनको दारेचोकस्थित घोप्टेभीरबाट त्रिशुलीमा खसेर वेपत्ता भएका थिए । हराएका तीन भाइ मध्ये माेहन घिमिरेकाे शव अाज भेटिएकाे हाे । माेहन घिमिरेकाे शव अाज तनहुँको देवघाट ४ बगहीस्थित त्रिशुली नदी किनारमा फेला परेको हाे । जिल्ला प्रहरी चितवनका डिएसपी दीपक श्रेष्ठका अनुसार त्रिशुली किनारमा शव देखेपछि स्थानीय माझीले प्रहरीलाई खबर गरेका र त्यसकाे अध्ययन गर्दा त्याे शव माेहन घिमिरेकाे भएकाे जानकारी दिए । 

शवसँगै माेहनकाे परिचय पत्र र उनकाे लाइसेन्स समेत फेला परेकाे थियाे । साेही अाधारमा शव घिमिरेको नै भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय चितवनलेे जनाएकाे छ ।

शव फेला परेको स्थानमा जिल्ला प्रहरी तनहुंको टोलीले पुगेर मुचुल्का उठाएकाे थियाे । गाडी सहित त्रिशुली नदीमा वेपत्ता पुर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका उनका अर्का भाइ प्रकाशचन्द्र घिमिरेको अवस्था भने अझै अज्ञात छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi