पहिरोले हेटौँडा–कुलेखानी–काठमाडौँ सडक अवरुद्ध
मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आइतबार बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ।
बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौँडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० दैनिक काठमाडौँमा आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ। आज दिउँसो मौसम अनुकूल भएमा हेटौँडा–कुलेखानी सडकखण्डको पहिरो हटाइ आज अपराह्नसम्ममा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले जानकारी दिए।