[ ]
Latest News Updates

ADVERTISE WITH US

खिया लाग्दै मौन छ हेटौडा काठमाडौँ चल्ने रोपवे : फोटो फिचर
Monday, November 14, 2016 Posted by Chitra Khabar

कुनै समय  ४२ कि.मि लामो र सजिलो ढुवानीको मध्यम थियो  हेटौडा-काठमाडाैं रोपवे । ४५ मिनेट समयमा पार गर्ने रोपवे दैनिक १० घण्टा लगातार प्रति क्यारियरमा १००० के.जी गरि प्रतींदिन घटीमा पचासौ टन तैयारी , कच्चा पर्दार्थ , निर्माण समग्रीहरु  हेटौडाबाट  काठमाडौँ सम्म सरर कुदेको हुन्थ्यो |








सस्तो र देशको आत्मनिर्भर यो यातायात अमेरिकी सहयोमा २०१८ सालमा निर्माण सुरुवात भइ बि.स  २०२२ सालमा सम्पन्न भइ सेवा सुरु गरेको  थियो |  हामी  चन्द्रागिरि देउराली  रोपवेको सव-स्टेसनमा पुग्दा अमेरिकी उपकरण र संरचना भताभुंग छरपस्ट अवस्थामा रहेका भेट्यौ |
ग्रामिण भेगका लागि निकै सजिलो र सहयोगी यो रोपवेले त्यस क्षेत्रलाई बिकाशका आशामा पुर्याएका थिए | तर बहुदल पछिको तत्कालिन सरकार  यसप्रति उदासिन बन्दै बि. स २०५२ सालमा एक्कासी बन्द गराएपछि   एक्ला भए  रोपवेका खम्बाहरु । यसका तार र ठाउँठाउमा तारमा बिभत्स लट्किएका यसका क्यारियर खियाले खाएको देख्दा दुखमनाउ नगर्ने को पो होला र ?  


देउराली डाडामाथिको यो भग्नाबशेष हेर्दैगर्दा स्थानीय मंगलसिङ्ग लामाले सुनाए  यस डाडा स्टेसनमा  स्थानीय १२ , १५ जना कामदार निरन्तर खटिन्थे । गाउलेकालागी चाहिने सरसामान निकै सस्तोमा  काठमाडौँ टेकु स्टेसन बाट गाउमा पुर्याउने र गाउमा उत्पादित कृषिजन्य बस्तु सजिलै सहर लगिन्थ्यो |         

उनका अनुसार समय समयमा अमेरिकी प्राबिधिकहरुले सामान्य मर्मत गरिरहदा राम्रै चलेकै अवस्थामा सरकारले बिजुलीको पैसा तिर्न नसकेको कारण देखाई बन्द गरिदियो । २२ बर्ष देखि जिर्णबनि गिज्याईरहे झै लाग्ने रोपवे कुनैबेला चुडिएर गाउनै सोर्रीने खतरा बोकेर बसिरहेछ |  


तस्विरहरु : बुद्धशरण शाही/ननस्टपखबर

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi