२०७३/०८/२४, चितवनको खैरहनीमा ट्याक्टरले किच्दा १ जनाको मृत्यु
---------------------------------------------------------------------------
हिजो बेलुकी सवा ८ बजे चितवनको खैरहनी-१३ हर्नरीमा हिजो बेलुकी ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । ना ३ त ४३१ नम्बरको ट्याक्टरबाट खस्न जाँदा सोही ट्याक्टरले किचेर खैरहनी-१२ का ४२ वर्षीया सोमला चौधरीको मृत्यु भएको हो । गुडिरहेको ट्याक्टरबाट खसेका चौधरीलाई ट्याक्टरको पछाडिको चक्काले किचेको बताइएको छ । दुर्घटनामा संलग्न ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।
२०७३/०८/२४, बाँकेमा नम्बर नखुलेको गाडीको ठक्करबाट १ जनाको मृत्यु
------------------------------------------------------------------------------
बाँकेको गनापुरमा हिजो साँझ ६ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख सल्लेरी घर भई शिव शक्ति अक्सिजन उधोगमा कार्यरत सुरक्षा गार्ड ४० वर्षिय हरि प्रसाद चालिसे रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका चालिसेको उपचारको क्रममा नेपालगंज नर्सिङ्ग होममा राती १० बजे मृत्यु भएको हो । दुर्घटना पश्चात् फरार रहेका सवारी साधन सहित चालकको खोजी भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।
२०७३/०८/२४,कैलालीको धनगढीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
----------------------------------------------------------------------------------------
कैलालीको धनगढी उप-महानगरपालिका-३ मा गएराती ११ बजे अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको ना १ ख ५६८७ नम्बरको बसले से २ प २८७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी-२ का २५ वर्षिय मोहन भट्ट रहेका छन् । बसको ठक्करबाट गम्भिर घाइते भएका भट्टको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको हो।
२०७३/०८/२४, मोरङ्गमा टयाक्टरको ठक्करबाट १ बालिकाको मृत्यु
------------------------------------------------------------------------
मोरङ्गको मदमहा-२ स्थित सडकखण्डमा आज बिहान १० बजे ट्याक्टरको ठक्करबाट साइकल चालककोे मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी-९ बस्ने शंकर सहनीको छोरी १५ बर्षिया मिनिसा कुमारी सहनी रहेकी छिन् । रङगेली बिराटनगर सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त १३४७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको वालिकाले चलाएको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर चालक फरार रहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जानकारी दिएको छ ।
२०७३/०८/२४, उदयपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३९ जना घाइते
-----------------------------------------------------------------------------
उदयपुरको लेखानी-५ भदौरेमा आज बिहान १० बजे खोटाङ्गको हलेसीबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ४ ख ३६२० नम्बरको बस सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार यात्रु रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । सोही दुर्घटनामा चालक सहित ३९ जना घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको छ ।



