[ ]
Latest News Updates

ADVERTISE WITH US

गौशालामा ट्र्याक्टरको ठक्करबाट महिलाको ज्यान गयो
Wednesday, December 7, 2016 Posted by Chitra Khabar




 महोत्तरी जिल्लाको धिरापुर गाविसमा बुधबार ट्र्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । 
मृत्यु हुनेमा जिल्लाको मटिहानी–५ बस्ने प्रगास यादवकी पत्नी ४२ वर्षीया पुकारीदेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।

वनबाट आफ्नो घर जाँदै गरेकी यादवलाई धिरापुरबाट मटिहानीको विग्ही नदीमा माटो लिन जाँदै गरेको ज १ त २३०९ नंको ट्र्याक्टरले धिरापुर–९ स्थित बाटोमा पछाडिबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते महिला यादवलाई उपचारका लागि भारत विहारको मधवापुर सहरमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए । घटनापश्चात् प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार भएको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
- See more at: http://www.nonstopkhabar.com/detail_page.php?id=13086#sthash.er4M98Pk.dpuf

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi