[ ]
Latest News Updates

ADVERTISE WITH US

आन्तरिक हवार्इ भाडा घट्याे / भाडा ६ वर्षयताकै सस्तो (सूचीसहित)
Wednesday, December 7, 2016 Posted by Chitra Khabar

काठमाडाैं, २१ मंसिर । नेपाल आयल निगमले हवार्इ इन्धनकाे मुल्य घटाएपछि एयरलार्इन्स कम्पनीहरुले हवार्इ भाडा पनि घटाएका छन् । आन्तरिक रुटमा बुधबारदेखि लागू हुने गरी हवाई भाडा घटाइएको हाे । 

निगमले सोमबार रातिबाट लागु हुनेगरी हवाई इन्धनमा प्रति लिटर ८ रुपैयाँ घटाएकाे थियाे । निगमकाे उक्त निर्णयपछि निजी वायु सेवा संचालक संघ (आयोन) ले आन्तरिक रुटको हवाई भाडा अन्तर्गत फ्युल सरचार्ज बुधबारदेखि घटाउने निर्णय गरेको हो ।

सिम्रिक एयरलाइन्सका मार्केटिङ तथा सेल्स प्रमुख प्रज्वल थापाका अनुसार मुख्य रुटमध्ये सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडामा ३ सय १० रुपैयाँ फ्युल सरचार्ज घटेको छ ।

त्यस्तै सबैभन्दा थोरै काठमाडौं सिमरामा ९० रुपैयाँ घटेको उनले बताए । नेपालमा आन्तरिक एयरलाइन्सले फेयर, यात्रु सेवा शुल्क (प्राधिकरणलाई तिर्नु पर्ने शुल्क) र फ्युल सरचार्ज गरी तीन शीर्षकमा असुल्ने शुल्क नै हवाई भाडा हो । 

फेयर र यात्रु सेवा शुल्कमा भने कुनै पनि रुटको घटाइएको छैन् । नयाँ कायम भएको भाडा अन्तर्गत काठमाडौंसँग सिधा उडान भएका पर्वतीय उडानमा ८ हजार ५ सय २५, पोखरा ४ हजार १०, भैरहवा ५हजार ३०, नेपालगञ्ज ७ हजार ५ सय ७५, विराटनगर ५ हजार ७ सय ५५, धनगढी १० हजार एक सय , भद्रपुर ७ हजार ३०, सिमरा २ हजार ५ सय ५, जनकपुर ३ हजार चार सय,  भरतपुर २ हजार ९ सय २०, तुम्लिङ्गटार ४ हजार ७ सय १५ रुपैयाँ भाडा दर तोकिएको छ । 

यी दर सामान्य हुन् । एयरलाइन्सहरुले यात्रुको चाप कम भएका रुटमा भने यो दरभन्दा पनि सस्तो भाडा लागू गर्ने गरेका छन् । हाल आन्तरिक रुटमा ८ वटा एयरलाइन्सका ३३ विमान उडानमा छन् । हेलिकप्टरसहित १६ वटा एयरलाइन्सको छाता संगठन आयोनले आन्तरिक रुटको भाडा घटाउने निर्णय गरेपनि आन्तरिक रुटमा चार वटा विमान उडाउने सरकार स्वामित्वको नेपाल वायु सेवा निगमले भने भाडा घटाइसकेको छैन ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi