[ ]
Latest News Updates

ADVERTISE WITH US

पुष ७ गतेवाट नारायणगढ–मुग्लिन राजमार्ग दैनिक चार घण्टा बन्द हुने
Friday, December 16, 2016 Posted by Chitra Khabar

काठमाडौ। नेपालको पूर्वी तथा पश्चिम राजमार्गलाई जोड्ने तथा पहाड तथा तराईलाई जोड्ने नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ। यही पुष ७ गते विहीवार देखि सडक स्तरोन्नति तथा मर्मतका लागि विहान ११ बजेदेखि दिउंसो ३ बजेसम्म सवारी साधन रोकेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ।
आयोजना कार्यालयका अनुसार नेपाल सरकारसंग दैनिक ८ घण्टा सवारी आवागमनमा रोक्न माग गरेपनि यात्रुको समस्यालाई ध्यानमा राखेर चार घण्टा मात्र सवारी साधन रोक्ने अनुमति पाएको छ। दशैं अघि पनि यो सडक दैनिक चार घण्टा बन्द गरिँदै आएको थियो।
पुस ७ गतेबाट दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने बताइएको छ। सडक निर्माणका क्रममा काठमाडौंबाट आउने सवारी साधनहरु मुग्लिनमा रोकिने छन् भने नारायणगढतर्फ दासढुंगामा रोकिने छन्।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi