२०७३/०८/३०, गते नेपालमा भएका डरलाग्दा सडक दुर्घटनाहरु
२०७३/०८/ ३०,भक्तपुर मनोहरामा मोटरसाइकल दुर्घटना,चालक सहित तीन घाइते
---------------आज अन्दाजि १८:१५ बजेको समयमा जिल्ला भक्तपुर मनोहरा स्थित सडकखण्डमा पेप्सिकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७९ प ४५५३ नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा चालक सहित तिन जना घाइते भएका छन् । घाइते सबैको उपचारको लागि नागरिक अस्पताल पठाइएकोमा मोटरसाइकल सवार जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २२ बर्षिय श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी प्रभाग सानोठिमीको नियन्त्रणमा रहेको छ ।
२०७३/०८/३०, कपिलबस्तुमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु
--------------- --------------- --------------- --------------- ---------
कपिलबस्तुको बाणगंगा-१ जितपुरमा हिजो बेलुकी ग १ ख ३८६२ नम्बरको बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ६३ वर्षीया पुष्पा पोखरेलको मृत्यु भएको हो । हिजो बेलुकी साढे ६ बजे बसको ठक्करबाट गम्भीर घाइते भएकी पोखरेलको उपचारको क्रममा युनाइटेड अस्पताल जितपुरमा बेलुकी पौंने ७ बजे मृत्यु भएको हो । ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ ।
---------------

२०७३/०८/३०, बबरमहलमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
--------------- --------------- --------------- --------------- --------------- -----
हिजो बेलुकी पौंने ८ बजे काठमाडौंको बबरमहलमा बा ७९ प १६६२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री २४ वर्षिय अजय तण्डुकारलाई ठक्कर दिंदा गम्भीर घाइते भइ उपचारको क्रममा राती पौंने १ बजे वीर अस्पतालमा मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७३/०८/ ३०,रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
--------------- --------------- --------------- --------------- --------------- ---
रुपन्देहीको सैनामैना-१२ बाँसगढीमा हिजो बेलुकी पौंने ७ बजे ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले अगाडि गुडिरहेको लु २० प ५८९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही सैनामैना-७ बुद्धनगरका २४ वर्षीय सन्तोष थापाको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिएर ट्रक सहित फरार रहेका चालकको खोजी भैरहेको छ।
---------------
हिजो बेलुकी पौंने ८ बजे काठमाडौंको बबरमहलमा बा ७९ प १६६२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री २४ वर्षिय अजय तण्डुकारलाई ठक्कर दिंदा गम्भीर घाइते भइ उपचारको क्रममा राती पौंने १ बजे वीर अस्पतालमा मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७३/०८/