२०७३/०९/१७ गते नेपालमा भएका केहि प्रमुख सडक दुर्घटनाहरु { बिस्तृतमा }
२०७३/०९/ १७,बसुन्धारामा बसको ठक्करबाट पैदलयात्री गम्भिर घाइते
--------------- --------------- --------------- --------------- -----------
आज अन्दाजि १४:५० बजेको समयमा काठमाण्डौ नगरपालिका ३ बसुन्धारास्थित सडकखण्डमा नयाँबसपार्कबाट बसुन्धारातर्फ आउँदै गरेको बा २ ख १०२३ नम्बरको बसको ठक्करबाट पैदलयात्री गम्भिर घाइते भएका छन् । घाइते हुनेमा जिल्ला लमजुङ वेशिशहर घर भई हाल काठमाण्डौ जिल्ला बसुन्धारा बस्ने १८ वर्षिय अनुपमा आले मगर रहेकी छिन् । घाइते मगरको ग्रिन सिटी अस्पतालमा उपवार भइरहेको छ । दुर्घटनामा संलग्न सवारी प्रहरीको नियन्त्रणमा रहेको र चालक भने फरार रहेकोले खोजि कार्य भइरहेको छ ।
२०७३/०९/१७, ललितपुरको गोदावरीमा मोटरसाइकल दुर्घटना एक जना घाईते
--------------- --------------- --------------- --------------- ------
ललितपुरको गोदावरी ५ सडकमा गएराती बा ५१ प ८४३३ नम्बर र बा ६१ प ४२९९ नम्बरको, दुईवटा मोटरसाईकल आपसमा ठोकिदा, १ जना घाईते भएका छन् । घाईते हुनेमा ८४३३ का चालक ललितपुर महालक्ष्मी बस्ने १९ बर्षीय सुदिप तामाङ्ग रहेका छन् । उनको क्रिस अस्पताल ईमाडोलमा उपचार भैरहेको छ । गएराती भएको दुर्घटनामा संलग्न ४१९९ नम्बरका मोटरसाईकल चालक भने फरार रहेकाले खोजी भैरहेको प्रहरी प्रभाग बाँडेगाउले जनाकारी दिएको छ ।
२०७३/०९/१७, धनुषाको जनकपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

धनुषाको जनकपुर ९ पिडारीचोकको गोलपार्कमा गएराती मोटरसाइकल ठोकिंदा चालकको मृत्यु भएको छ । धनुषाकै महेन्द्रनगर हरैचा ४ का ३६ वर्षीय जितेन्द्र यादबको मृत्यु भएको हो । गएराती साढे १ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका यादबको उपचारको क्रममा जनकपुर अंचल अस्पतालमा राती २ बजे मृत्यु भएको हो । सडकको बिचमा रहेको गोलपार्कमा यादब सवार मोटरसाइकल तिव्रगतिका कारण ठोकिन पुगको धनुषा प्रहरीले जानकारी दिएको छ ।
२०७३/०९/१७, सिराहाको गोलबजारमा वान्टन गाडीको ठक्करबाट एकको मृत्यु
--------------- --------------- --------------- --------------- --------------- ---------
हिजो साझ साढे ६ बजे, सिराहाको गोलबजार ९ मा बा १ ग २०८७ नम्बरको वान्टन गाडीमा ठोकिएर घाईत भएका एक जनाको गएराती मृत्यु भएको छ । नाम थर वतन नखुलेका अन्दाजी ५० बर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई स्थानिय अस्पताल हुदै थप उपचारको लागी नोबल अस्पताल विराटनगर पठाइएकोमा उनको उपचारकै क्रममा राती सवा २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
---------------