[ ]
Latest News Updates

ADVERTISE WITH US

मुग्लिन-नारायणगढ सडक सुधारः २२ महिनामा ३४ प्रतिशत काम
Friday, January 6, 2017 Posted by Chitra Khabar

चितवन । राजधानीलाई तराईसँग जोड्ने मूख्य नाका मुग्लिङ-नारायणगढ सडक खण्ड स्तरोन्नतिको कामले अपेक्षाकृत गति लिन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।
स्तरोन्नति गरी चार लेन बनाउन २२ महिनाअघि काम थालिएको यस सडकखण्डमा महिलेसम्म ३४ प्रतिशत मात्र स्तरोन्नति भएको छ ।
‘अहिलेसम्म ३४ प्रतिशत काम सकिएको छ ।’ सडक बिस्तान आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादबले भने, ‘बाटो फराकिलो बनाउन चार ठाउँमा पहाड काट्नुपर्ने भएकोले पनि काम केहि सुस्त देखिएको हो ।’
ठेक्का सम्झौता अनुसार आगामी अपि्रल, २०१७ सम्म सडक आयोजनाको काम सम्पन्न गरिसक्नुपर्ने छ । तर निर्धारित समय चार महिनामात्र बाँकी रहँदा आधा पनि काम नहुनुले समयमै निर्माण सम्पन्न नहुने निश्चित भइसकेको छ ।
निर्माण सम्झौता भए लगत्तै आएको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण काम हुन नसकेको भन्दै ठेकेदारले सरकारसँग् म्याद थपको आग्रह गरेका थिए ।
सरकारले अगष्ट २०१७ सम्म मुग्लिङ-नारायणगढ सडक सुधारको काम सम्पन्न गर्न लक्ष्य दिए पनि निर्माण कम्पनीले भने अपि्रल २०१८ सम्म म्याद थप्नुपर्ने माग गरिरहेका छन् ।
उक्त सडक निर्माणको लागि भन्दै हाल दैनिक चार घण्टा सडक अवरुद्ध हुँदै आएकोमा बिहीबारदेखि साढे चार घण्टा सडक अवरुद्ध गरेर निर्माण कार्य अगाडि बढाउन चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्देशन दिएका छन् ।
बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म उक्त ठाउँमा एम्बुलेन्स बाहेकका सवारी साधनलाई पूर्ण रुपमा निषेध गरेर सडक विस्तार गर्न भट्टले निर्देशन दिएका हुन् ।
सडक बिस्तारको काम लम्बिदै जाँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ छँदैछ, बाटोका कारण मूख्य पर्यटकीय क्षेत्रमा पर्यटकको आवागमन पातलिँदा व्यवसायीसमेत मारमा परेका छन् ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi