[ ]
Latest News Updates

ADVERTISE WITH US

तनहुँमा ट्रक र स्कुटर आपसमा ठोकिदा स्कुटर चालकको मृत्यु
Saturday, January 21, 2017 Posted by Chitra Khabar

२०७३/१०/०८,तनहुँमा ट्रक र स्कुटर आपसमा ठोकिदा स्कुटर चालकको मृत्यु 
-------------------------------------------------------------------------------
तनहुँको शुक्लागण्डकी-१ चुईनेमुडामा ट्रक र स्कुटर आपसमा ठोकिदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लेखनाथ नगरपालिका-१३ का २२ बर्षिय कविराम गुरङ्ग रहेका छन् । आज दिउँसो साँढे १ बजे पृथ्वी राजमार्गमा पोखराबाट खैरेनीतर्फ आउँदै गरेको ग १० प १३०७ नम्बरको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ग १ ख ३९०८ नम्बरको ट्रक आपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ । 

२०७३/१०/०८,ट्याक्टर पछाडि सार्ने क्रममा एक बृद्धाको मृत्यु 
------------------------------------------------------------------------
महोतरीको एकडाराबेला-३ मा ट्याक्टरको ठक्करबाट एक बृद्धाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ८१ बर्षिया छतिया देवी साह रहेकी छिन् । आज अपरान्ह् सवा ४ बजे बालुवा अनलोड गर्दै गरेको ज १ त ६८४४ नम्बरको ट्याक्टर पछाडी सार्ने क्रममा उनलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न ट्याक्टरलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भैरहेको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi