[ ]
Latest News Updates

ADVERTISE WITH US

राजधानीमा व्यंग्य कृति ‘व्याक गियर’ विमोचन
Saturday, January 21, 2017 Posted by Chitra Khabar

काठमाडौँअटो मोबाइल क्षेत्रमा लामो सयम व्यतीत गरेका गोविन्द भट्टराईको व्यंग्य कृति ‘व्याक गियर’ राजधानी काठमाडौँमा विमोचन गरिएको छ । झण्डै छ दर्जन व्यंग्य रहेको यस कृतिको विमोचन नेकपा एमालेका सचिव योगेश भट्टराई, कलाकार दिनेश डिसीलगायतले गरेका हुन् ।
पुस्तकमा कविता, कथा, निवन्ध, संवादका रुपमा नेपालको सडक सुरक्षामाथि तीब्र व्यंग्य गरिएको लेखक भट्टराईले जानकारी दिएका छन् । उनी भन्छन्, ‘नेपालको अस्तव्यस्त सडक र गैरजिम्मेवारीपूर्ण सुरक्षा व्यवस्था, जुन मलगायत धेरैले भोगेका, देखेका छौँ, त्यसैलाई यस पुस्तकमा प्रस्तुत गरेको छु ।’ एमाले सचिव भट्टराईले सो पुस्तकले नेपालका सडक प्रयोगकर्ता, सडक क्षेत्रका निका र व्यक्ति तथा नीति निर्मातासमेतलाई तीखो व्यंग्य गरेको बताए । प्रमुख अतिथिका रुपमा आमन्त्रित पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले आफू सडक सुरक्षापीडित भएको उल्लेख गर्दै सडक सुरक्षाको विषयलाई यसरी नै साहित्य, कलाको माध्यमले चेतना जागृत गराउनु आवश्यक रहेको बताए । नेपाल अटोमोबाइल स्पोर्ट्स एसोशिएसन (नासा)ले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi