[ ]
Latest News Updates

ADVERTISE WITH US

हिमाल चढ्ने पण्डितले खाल्डो भित्र मोटरसार्इकल खसेको देखेपछि ...
Saturday, January 21, 2017 Posted by Chitra Khabar

काठमाडौं । विश्व पर्वतारोही धावक सञ्जय पण्डितले एकाविहानै सातदोबाटो-कोटेश्वर सडकखण्डमा एउटा सडकदूर्घटनाको विषयमा विरक्त मान्दै कुनैपनि पक्षको सानो कमजोरीले मानिसको ज्यान नै दाउमा पर्ने गरेको बताएका छन् । शनिबार विहान साढे ६ बजेतिर उक्त सडकखण्डमा कोटेश्वर नजिकै पुग्ने अवस्थामा एउटा मोटरसाईकल दूर्घटना ग्रस्त अवस्थामा देखेपछि उनले विरक्त मान्दै यस्तो बताएका हुन् । 
 
तस्वीर : स‌ंजय
उनले दूर्घटनाग्रस्त मोटरसाईकल खसेको ठाउँ वरिपरी कतैपनि खाल्डो रहेको भनेर चेतावनीमूलक चिह्न नराखिएकोमा सडक विभागसँग असन्तुष्टि व्यक्त गरेका छन् । 'सायद सडक विभागले ढल निर्माण गर्दै थियो होला, तर त्यहाँ कुनै चिन्ह थिएन ,सडक मर्मत हुदै छ भन्ने अनि अन्य कुनै पनि कुरा थिएन' पण्डितले भने 'केही दिन मात्र अगाडि एउटा कार पनि त्यस खाल्टोमा परेर, केही घाइते भएका रहेछन् ।' उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi