नेपाली बजारमा बंगलादेसी बाईक "रनर " / प्रर्दशनी मेलामा गरे हजारौले टेष्ट राईड
काठमाडौं । गत मगलवारदेखि राजधानीको भृकुटीमण्डपमा अयोजा भएको तेस्रो बंगलादेश ब्यापार प्रर्दशनी मेला शनिबार सकिएको छ । नेपालस्थित् बंगलादेश दूतावासको आयोजनामा मेलाको आयोजना गरिएको थियो ।
पाछिल्लो समय नेपाल र बगलादेशबीच दुई पक्षीय ब्यापार, पारवहन तथा लगानीको बिस्तार भइरहेको छ । नेपाल र बंगलादेशवीचको आर्थिक, व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउनको लागि ब्यापार मेला आयोजना गरिएको आयोजकले जनाएको छ र यहि ब्यापार मेला बाटै औपचारिक रुपमा नेपाली बजारमा बंगलादेसी मोटर बाईक रनर पनि भित्रिएको छ ।
ब्यापार प्रर्दशनी मेलाको स्टल न १६ मा नेपालको लागी रनर बाईकको स्टल राखिएको थियो जहाँ दुई ओटा नयाँ रनर बाईक टेष्ट ड्राईभको लागी उपभोक्ताहरुको लागी पनि राखिएको थियो । दैनिक हजार भन्दा बढी अबलोकन कर्ता आएको स्टलमा सय भन्दा बढीले बाईक टेष्ट ड्राईभ पनि गरेको बताए नेपालको लागी रनर बाईकको आधिकारिक बिक्रेता म्याट्रेक्स मोटो कोर्पका भाईस चेएर म्यान अनिम श्रेष्ठले ।
औपचारिक रुपमा यहि माघ १५ गते बाट नेपाली बजारमा बाईक पारखीहरुले रनर बाईकको फरक ६ ओटा मोडलका बाईकहरु खरिद गर्न पाउने छन । नेपालको लागी आधिकारिक बिक्रेता म्याट्रेक्स मोटो कोर्पका भाईस चेएर म्यान अनिम श्रेष्ठका अनुशार "रनर बाईक नेपाली बाटो र नेपाली जनाको लागि उपयुक्त बाईक हो " चिफ एण्ड बेष्ट बाईक भनेको नै रनर बाईक हो " ।
बंगलादेशमा उत्पादन गरिएको रनर बाईक लोड गरिएको पहिलो तिन ट्रक शनिबार नेपालको लागी छुटेको छ ।
थप भिडियोमा




