[ ]
Latest News Updates

ADVERTISE WITH US

माइक्रो बस दुर्घटनामा एकजनाको मृत्यु, १२ जना घाइते
Sunday, February 5, 2017 Posted by Chitra Khabar

धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा माइक्रो बस दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

गोरखा जिल्ला घर भएका ७ वर्षीय बालक सुजन थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते गोरखाका सविना थापा, कल्पना गौतम र मुनप्रसाद देवकोटाको ललितपुरस्थित गणेशमान महालक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिमा गुडेको माइक्रो बसले ट्रकलाई उछिन्न खोज्दा सोही ट्रकसँग ठोक्किएको बताइएको छ।

घाइते हुनेमा सबै माइक्रो बसका यात्रु रहेका छन्। काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ख ३७१४ नम्बरको माइक्रोबसले ना५ख २९२० नम्बरको ट्रकलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi