[ ]
Latest News Updates

ADVERTISE WITH US

यातायात श्रमिक संघ उदयपुरमा मनकुमार राई
Sunday, February 5, 2017 Posted by Chitra Khabar

उदयपुर, २३ माघ । यातायात श्रमिक संघ नेपालको उदयपुर जिल्ला समिति गठन गरिएको छ । समाजवादी ट्रेड युनियन महासंघ नेपालका सचिव तथा यातायात श्रमिक संघ नेपालका अध्यक्ष यज्ञकुमार राईको प्रमुख उपस्थितिमा आइतबार मनकुमार राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा जीवन राई, लोकथान रिजाल, सचिवमा निरज घिसिङ, कोषाध्यक्षमा डिल्लीबहादुर राई चयन भएका छन् । सदस्यहरुमा प्रभात राई, महेश राई, बुद्धिवहादुर परियार र भीमप्रसाद राई छन् ।
सो कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल किरात प्रदेश समितिका मुख्य सचिव घनश्याम कटुवाल र उदयपुर जिल्ला अध्यक्ष सिद्धान्त राई समेत सहभागी थिए । नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय अध्यक्ष राईले सपथ ग्रहण गराएका थिए

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi