[ ]
Latest News Updates

ADVERTISE WITH US

पाल्पा दोभानमा जन्ती जीप दुर्घटना, चार जनाको मृत्यु, १९ घाइते
Tuesday, February 7, 2017 Posted by Chitra Khabar

पाल्पाको दोभान गाविस–४ श्रीडा“डामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताए।
दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दोभान २ नं वडाको देउरालीबाट दोभान– ४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो ।
लु १ ज २६८९ नंको जिप दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । ओरालो कच्ची बाटामा दुर्घटना भएको जिप सडकबाट १२० मि भिरमा खसेको थियो ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi