अबको ३ बर्ष भित्र यातायात क्षेत्र लगायत अन्य क्षेत्रलाई पनि बाल श्रम मुक्त बनाईने
टंककला तिमल्सिना . काठमाण्डौ
काठमाडौ महानगरले महानगर क्षेत्रलाई अबको ३ वर्ष भित्रबाल श्रम मुक्त बनाउनकालागि २८ वटा वडामा वडा स्तरिय बाल संरक्षण तथा प्रर्वद्धन समिति गठन तथा पुर्नगठन गरेको छ भने बाँकी ७ वटा वडामा अबको केहि दिन भित्र समिति गठन गरिने छ । यस वर्ष वडा नम्मर ५,६,७,१०,१३,१४,१५,१६,१८,२०,२२,३१ र ३४ मा बाल संरक्षण तथा प्रर्वद्धन समिति पुर्न गठन गरिएका छन् । यस्तै वडा नम्मर १,४, ११, १२, १९, २३, २४, २६, २९, ३०, ३२, ३३ र ३५ मा समिति गठन गरिएको छ ।
काठमाडौ महानगरको तथ्याङक अनुसार महानगरभित्र ४ सय ५७ बालक र ३ सय २ बालिका गरि जम्मा ७ सय ५९ असाहय, अनाथ तथा अपाङग बालबालिका रहेका छन् । यि र उपत्यका बाहिरबाट अवसरको खोजीमा आएका बालबालिकाहरुले नै यातायात, होटेल व्यवशाय, उद्योग क्षेत्र लगाएतका क्षेत्रमा आफ्नो श्रम बेचिरहेका द्धश्य महानगरमा प्रशस्तै देखिन्छन् ।
घरेलु बाल श्रमिकहरु पनि प्रशस्तै छन् महानगरक्षेत्रमा । तर कति संख्यामा यस्ता बालबालिका छन् त्यसको एकिन विवरण भने महानगरसँग छैन । बाल श्रमिक कति, कहाँ र कस्ता कस्ता क्षेत्रमा छन् यसको खोजी साथै श्रम बेचिरहेका बालबालिकाहरुको उद्धार, पुनस्थापना र अधिकार प्रत्याभुत गर्न महानगरले वडा स्तरमा गठन गरिएका समितिसँग समन्वयगर्दै काम तिव्र पार्ने महानगरका अधिकारी बताउनुहुन्छ । महानगरले बाल श्रम उन्मुलनको कदम चालिरहदाँ केन्द्रीय सरकारबाट चेतना अभिवृद्धि र पुनस्थापनाका लागि प्रभावकारी पहल आवश्यक भएको नागरिक स्तरबाट आवाज उठिरहेको छ ।