[ ]
Latest News Updates

ADVERTISE WITH US

राजधानिमा भेटियो काठमाडौँ भित्रिएको पहिलो मोटरसाइकल / हुन सक्छ यो नेपाल कै पहिलो मोटर साईकल पनि !
Friday, February 10, 2017 Posted by Chitra Khabar

काठमाडौं– राजधानीमा दर्ता भएका मोटरसाइकलको संख्या आठ लाख भन्दा बढी छ ।आठ लाख बढी मोटरसाइकल रहेको राजधानीमा सवैभन्दा पहिला कस्तो मोटरसाइकल आएको थियो होला ? स्वभाविकैले चासो हुन्छ नै ।

नम्वरलाई आधार मान्ने हो भने काठमाडौंमा भित्रीएको पहिलो निजी मोटरसाइकल यही हो । तर, यसको स्वतन्त्र पुष्टी हुने आधार भने पाइएको छैन । फेसवुकमा भेटिएको तस्वीरमा जुन नम्वर छ, त्यो हेर्दा चाही यो मोटरसाइकल पहिलो को कि भन्ने देखाउँछ ।
जुन मोटरसाइकल विहिवार काठमाडौंको सङ्कटा मन्दिर परिसरमा देखिएको थियो । यसका मालिक को हुन ? यकिन त भएन । तर, गोरखापत्रमा कार्यरत मनोज बर्माले यस्तो मोटरसाइकल भेटेपछि तस्वीर लिएका छन् ।

‘काठमाडौँको सङ्कटा मन्दिर नजिकै उनले यो मोटरसाइकल पार्किङमा राखिएको भेटेका थिए ।’ उनले रातोपाटीसँग भने, ‘काठमाडौं मलको गल्लीबाट सङ्कटा हुँदै कार्यालय जाने क्रममा बा १ प १ नं. को होन्डाको मोटरसाइकल देखेँ । अचम्म लाग्यो । काठमाडौँ भित्रिएको पहिलो मोटर साइकल रहेछ । सायद यो नेपालकै पहिलो हुनुपर्छ भनेर फोटो लिएको हुँ । तर कसको हो भन्ने चाहिँ थाहा छैन ।’

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi