[ ]
Latest News Updates

ADVERTISE WITH US

भाडा बढाउने तयारीमा यान्त्रिकपुल
Sunday, February 19, 2017 Posted by Chitra Khabar

दुर्गाप्रसाद शर्मा, पर्वत
लुककै पहिलो कुस्मा–बलेवा यान्त्रिक पुलले ३३ प्रतिशत भाडादर वृद्धि गर्ने तयारी गरेको छ। सञ्चालनमा आएको पा“च वर्षपछि यान्त्रिक पुलले पहिलोपटक भाडा वृद्धि गर्ने तयारी गरेको हो।
यान्त्रिकपुलले बलेवा क्षेत्रका बासिन्दाका लागि १ सय र अन्य यात्रुका लागि १ सय २५ रुपिया“ भाडादर बनाउन लागेको जानकारी दिएको छ। यसअघि बलेवा क्षेत्रका बासिन्दाका लागि ७५ र अन्य यात्रुका लागि १ सय रुपिया“ भाडादर कायम थियो। ‘पुल सञ्चालनमा आएको पा“च वर्षपछि भाडादर समायोजन गर्ने तयारी भएको हो’, यान्त्रिकपुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने– ‘अब भाडादर समायोजन नगर्ने हो भने नियमित खर्चसमेत चलाउन कठिन हुन्छ।’
कम्पनीले भाडादर बढाउने निर्णय भने गरिसकेको छैन। तर बढ्दो मह“गी, कर्मचारीको तलब वृद्धि, इन्धनको मूल्य वृद्धिलगायतका कारण देखाएर भाडादर बढाउने बारेमा छलफल चलाइएको छ। २०६९ वैशाख १ गतेदेखि सञ्चालनमा आएको पुलले अहिलेसम्म भाडा बढाएको छैन। पुलले हालसम्म ७५ प्रतिशत मुनाफा वितरण गरिसकेको छ। नियमित मर्मतका लागि आवश्यक रकमसमेत नराखेर मुनाफा वितरण गरिएको उहा“ले बताउनुभयो।
बन्द यान्त्रिकपुल सञ्चालनमा
मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुस्मा–बलेवा यान्त्रिक पुल तीन हप्तापछि सञ्चालनमा आएको छ। यान्त्रिक पुलको लठ्ठामा प्राविधिक समस्या देखिएका कारण माघ १७ गतेदेखि बन्द गरिएको यान्त्रिकपुल शनिबार बिहानदेखि सञ्चालनमा आएको हो। ‘पुलका डब्बा तान्ने मसिनो लठ्ठा परिर्वतन गरिएको छ’ –अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलन गरेर जानकारी दिए। मसिनो लठ्ठा परिर्वतन गरिएपछि अब पुलमा सुरिक्षत रूपमा यात्रा गर्न सकिने उनको भनाइ थियो। पुलले हरेक डेढ दुई वर्षमा मसिनो लठ्ठा परिर्वतन गर्दै आएको छ।
पुलको लठ्ठामा समस्या देखिएपछि बन्द गरिएको सेवा लठ्ठा परिर्वतन गरी सुचारु गरिएको कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। भारतबाट प्राविधिक झिकाएर मर्मतको काम सकेपछि सेवा सुचारु भएको हो। यान्त्रिक पुल बन्द हु“दा बागलुङको बलेवा क्षेत्रका झन्डै डेढ दर्जन गाविसका बासिन्दा र पुल हेर्न आउने आन्तरिक तथा बा≈य पर्यटकहरू समस्यामा परेका थिए। पर्वत महोत्सवमा आउने दर्शकसमेत पुल बन्द हु“दा मर्कामा परेका थिए। पुल बन्द हु“दा १० लाख रुपिया“ आय र मर्मतका लागि झन्डै ५ लाख गरी पुललाई १५ लाख रुपिया“ घाटा परेको कम्पनीले जनाएको छ। महोत्सवमा आउने दर्शक रोकि“दा पर्वत महोत्सवलाई समेत ५ लाख घाटा लागेको थियो।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi