चितवनको खैरहनीमा सवारी दुर्घटना, १० जना घाइते
२०७३/१२/०८,
------------------------------
--------------------------------------------
चितवनको खैरहनी १ तरकारी चोकमा गएराति १२ बजे ना ५ ख २२९५ नम्बरको बस र ना ६ ख ७९७९ नम्बरको ट्रक एक आपसमा ठोकिंदा १० जना घाइते भएका छ् । घाइते मध्ये बसमा सवार सिन्धुलिका ३६ वर्षिय सिताराम रिजालको अवस्था गम्भिर रहेको छ । घाइते भएका ट्रकका चालक र परीचालक सहित बाँकी ९ जनाको अवस्था भने खतरामुक्त रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।



