कपिलवस्तुमा सवारी दुर्घटना, १ जना घाइते
२०७३/१२/०८, ----------------------------
--------------------------------
कपिलवस्तुको शिवराज नगरपालिका १० मा गएराति १० बजे नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षिय पुरुष गम्भीर घाइते भएका छन् । उनको नाम थर र ठेगना भने खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ। उनको संजिवनी अस्पताल चन्द्रौटामा उपचार भईरहेको छ । दुर्घटना गराएर सवारी साधन सहित फरार रहेका चालकको खोजी भईरहेको छ ।



