२०७३/१२/०६,रसुवाको टिमुरेमा पिकअप गाडि दुर्घटना हुँदा ८ जना घाईते
---------------------------------------------
---------------------------------
आज दिउँसो साँढे ४ बजे रसुवाको टिमुरेमा पिकअप गाडि दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । टिमुरेबाट तातोपानीतर्फ आउँदै गरेको रसुवागढि जलबिधुत आयोजनाको ठेकेदार कम्पनिको बा ८ च ७७७५ नम्बरको पिकअप गाडि अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परि गाडिमा सवार एक जना चीनियाँ नागरिक सहित ८ जना घाईते भएका हुन् । घाईतेहरुमध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ । घाईतेहरुलाई थप उपचारको लागी काठमाडौं ल्याइएको छ ।
२०७३/१२/०६,सप्तरीको शम्भुनाथमा ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु
------------------------------
------------------------------
--------------------
सप्तरीको शम्भुनाथ नगरपालिका-४ मा आज ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ना १ क ५३ ६५ नम्बरको ट्रिपरले ठक्कर दिंदा शम्भूनाथ ३ का २३ वर्षीय किसन सदाको मृत्यु भएको हो । आज विहान साँढे ७ बजे ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका सदाको उपचारको क्रममा सवा ८ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ ।

२०७३/१२/०६,कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
------------------------------
-----------------------------------------
हिजो साँझ पौने ६ बजे कैलालीको गोदावारी ८ बुढीतोलामा अत्तरियाबाट बुढीतोला तर्फ जाँदै गरेको से ३ प ९३३४ नम्बरको मोटरसाईकल अनियन्त्रित पल्टिँदा मोटरसाइकलमा पछाडि सवार स्थानिय २२ बर्षिय जनक ओझाको मृत्यु भएको छ। घाइते ओझाको उपचारका क्रममा पद्मा अस्पताल अत्तरियामा मृत्यु भएको हो । उक्त दुर्घटनमा घाईते भएका मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।