[ ]
Latest News Updates

ADVERTISE WITH US

मोटरसाइकल र मिनी ट्रक आपसमा ठोक्किँदा १ को मृत्यु,१ घाइते
Tuesday, March 21, 2017 Posted by Chitra Khabar

२०७३/१२/०९,मोटरसाइकल र मिनी ट्रक आपसमा ठोक्किँदा १ को मृत्यु,१ घाइते
---------------------------------------------
------------------------------------------
ललितपुरको कोटडाँडामा हिँजो बेलुकी भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । टिकाभैरवबाट चापागाउँ जाँदै गरेको बा १८ प ४२१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १ क ७३९५ नम्बरको मिनी ट्रक हिँजो बेलुकी ७ बजे आपसमा ठोकिएका थिए । नियन्त्रण गुमाएर मिनी ट्रक सडकबाट ६० मीटर तल खसेको थियो । दुर्घटनमा मिनी ट्रकका चालक स्थानीय ३५ वर्षीय धिरज केशीको घटनास्थलमै मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकल चालकको भने आनन्दवन अस्पताल टिकाभैरवमा उपचार भैरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi