मालपोतका हाकिमको पारा - लाइसेन्स बिना नै गाडी चलाउँदै
भक्तपुर, – सवारी चालक अनुमति पत्र लाइसेन्स बिना नै मालपोत कार्यालय भक्तपुरका प्रमुखले कार्यालयको गाडी चलाउने गरेको रहस्य उजागर भएको छ ।
मालपोतका प्रमुख कमलप्रसाद तिम्सिनाले कार्यालयको चालकलाई गाडी चलाउन नदिई सवारी चालक अनुमतिपत्र नै नभएका आफैले सरकारी गाडी चलाउँदै आएको कार्यालयका कर्मचारीले जानकारी दिनुभयो ।
कार्यालयका चालक भए पनि प्रमुख तिम्सिनाले चालकलाई कार्यालयमै राखेर सरकारी नम्बर प्लेटको बा. २ झ. २३१० नम्वरको गाडी चलाउँदै आएको कर्मचारीले बताएका हुन् ।
भ्रष्टाचार र अनियमिताको अखडा बन्दै आएको कार्यालयमा अतिरिक्त शुल्क नभई काम नहुने सेवाग्राहीहरुले गुनासो गर्दै आएको बेलामा प्रमुख तिम्सिनाले चालकलाई समेतसँगै नलिई एक्लै गाडी लिएर जाने गरेको कर्मचारीले गुनासो गरेका छन् ।
तिम्सिना कार्यालय प्रमुख भएर आएपछि अख्तिायारले दुई पटक गरी ६ जना मालपोतका कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ परे पनि यहाँका कर्मचारी अझै पनि घुस लिएर मात्रै काम गर्ने गरेको र मालपोत प्रमुख समेत चालक नलिई सवारी चालक अनुमति पत्र बिना नै गाडी चलाउने गरेको पाइएको हो ।
मालपोत प्रमुख तिम्सिना सवारी चालक अनुमति पत्र बिना नै गाडी चलाएको बताउँदै उहाँले अहिलेसम्म कसैलाई ठक्कर दिदाँ नदिएको र कसैलाई नोक्सान नपुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म लाइसन्स लिने प्रक्रियामा छु, लाइसन्स नभएको गाडी चलाएर कसैलाई हानेको छैन, विगारेको छैन, अब लाइसन्स लिन्छु ।’
लाइसेन्स बेगर गाडी चलाएको स्वाकार्दै चालक बिदामा रहेको समयमा मात्र आफूले गाडी चलाएको बताए । मालपोतकै कर्मचारी भने प्रमुखले चालक राजन रजौरालाई कार्यालयमा राखेर गाडी चलाएको दावी गर्दै आएका छन् । भक्तपुर मालपोतमा अनियमित्ता बढेको समाचार बारम्वार बिभिन्न माध्ययममा आउँदासमेत भूमिसुधार मन्त्रालय, बिभागले कुनै चासो नदिनुलाई भक्तपुरवासीले अर्थपूर्ण रुपमा हेरेका छन् ।