[ ]
Latest News Updates

ADVERTISE WITH US

आन्दोलनमा उत्रने यातायात ब्यवसायीको बैंक खाता रोक्का गर्ने सरकारको चेतावनी
Wednesday, April 18, 2018 Posted by Chitra Khabar

काठमाडौँ ।यातायात व्यवसायीहरुले सिन्डिकेट खारेज गरेको विरोधमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

यता सरकारले सिण्डिकेटको पक्षमा रहेर यातायात बन्द गर्ने गराउने व्यवसायी, संघ तथा समितिहरुको बैंक खाता रोक्ने चेतावनी दिएको छ ।

सरकारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा यातायात व्यवस्था विभागको संयोजकत्वमा देशभरका दर्ता गरीएका ३ सय भन्दा बढी यातायात समितिको विवरण बुझाइसकेको छ ।

यातायात ब्यवसायीले आन्दोलन स्वरुप बुधबार वैशाख ५ गतेदेखि नै प्रचारात्मक कार्यक्रम सुरु गरेका छन् । पहिलो दिन सातै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी दिएका उनीहरुले ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने र ७ गते प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका छन् ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi