[ ]
Latest News Updates

ADVERTISE WITH US

नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने
Wednesday, April 18, 2018 Posted by Chitra Khabar

काठमाडौँ, ५ वैशाख : गोँगबु नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने भएको छ ।

महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले नयाँ बर्षको शुरुवातसँगै अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ ।

सो अनुसार मानव बेचबिखन तथा ओसारपसार, यौन दुव्र्यसन, लागूऔषध अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रण प्रमुख विषय रहेका छन् । प्रभागले मानव बेचबिखन रोक्न होटल समितिका पदाधिकारी, रात्रिकालिन व्यवसायी, रेष्टुराँ, डान्स बारलाई पर्चा र माइकबाट सूचित गर्ने, प्रत्येक चोकमा कार्यक्रम गर्ने तथा महिलासँग सम्बन्धित विभिन्न संघ संस्थाको समन्वयमा ¥याली गर्ने भएको छ ।

यस्तै, बसपार्क क्षेत्रलाई सात स्थानमा विभाजन गरी प्रभागले संयुक्त अपरेशन सञ्चालन गर्ने, गोँगबु बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन जाँच गर्ने, यौनजन्य आशयले निरन्तर सडकमा हिँड्ने महिला तथा केटीका समूहको व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग समन्वय गर्ने भएको छ ।

रात्रिकालिन व्यवसायमा काम गर्ने झण्डै ५०० महिलालाई प्रशिक्षण गर्ने तथा उमेर कम भएका, बाध्यतामा काम गरेका, अन्य समस्या भएका महिलाका पीडकको पहिचान गरी सञ्चालक तथा दलाललाई मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइने प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

प्रभागले मानव बेचबिखन तथा ओसारपसार, यौन दुव्र्यसन, लागूऔषध अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रणका लागि १० सदस्यीय समूहसमेत गठन गरिसकेको प्रमुख पौडेलले बताउनुभयो । -रासस

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi